काठमाडौं। चिनियाँ कम्पनी सिएन गोल्ड ड्रागन अटोबडीले नेपालमा बिजुली गाडी उत्पादनका लागि ३ अर्ब रुपैयाँ वैदेशिक लगानी सम्झौता गरेको छ ।
कम्पनीले लगानी सम्मेलन अवसर पारेर नेपालको कोसी एनके मोटर्ससँगको सहकार्यमा वार्षिक ५००० थान बढी बिजुली गाडी उत्पादन गर्ने योजना सार्वजनिक गरेको छ।
कम्पनीले सुरुमा व्यावसायिक प्रयोजनमा प्रयोग हुने चारपांग्रे सवारीसाधन उत्पादनमा जोड दिने छ । यही वर्षबाटै गाडी उत्पादन सुरु गर्ने कम्पनीले योजना रहेको छ ।
प्लान्टका लागि विराटनगरको बूढीगंगामा १५ बिघा जग्गा लिइसकेको कम्पनीले जनाएको छ । प्लान्टबाट १४, १८ र १२ सिटे क्षमताका कमर्सियल गाडी पनि उत्पादन गर्ने योजना बनाएको छ ।