काठमाडौं ।मेक्ससको आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले शानदार इलेक्ट्रीक पीकअप नेपाल ल्याएको छ । चिनियाँ कम्पनी एसएआईसीले उत्पादन गरेको मेक्सस टी९० नेपाल आएको हो ।
मेक्ससको आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले नेपाल ल्याएको यो पीकअप निकै फिचर लोडेड रहेको छ । कम्पनीले भन्सार बिन्दुमा बुझाएको खुद्रा बिक्री मूल्य ७८ लाख ४९ हजार उल्लेख छ ।
निकै ठूलो ८८.५५ किलोवाट आवर क्षमताको ब्याट्री दिइएको पीकअपमा १३० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहेको छ । डब्लूएलटीपीको अनुसार यो पीकअपले सिंगल चार्जमा ३५५ किलोमिटर रेन्ज प्रदान गर्छ ।
यो पीकअपको लम्बाई ५३६५ एमएम, चौडाई १९०० एमएम र उचाई १८०९ एमएम रहेको छ । यसको पछाडि रहेको कार्गो स्पेशको लम्बाई १४८५ एमएम, चौडाई १५१० एमएम र उचाई ५३० एमएम रहेको छ ।
यसले अगाडि र पछाडि गरेर २ हजार १०० किलो भार बोक्न सक्नेछ । साथै, यसको टोइङ क्षमता १ हजार ५०० किलोग्रामसम्म छ । यसले ८० किलोवाट क्षमताको डिसी चार्जर सपोर्ट गर्ने क्षमता राख्छ । साथै, पीकअपले ११ किलोवाटको एसी चार्जर सपोर्ट गर्छ ।
चालक सहित ५ जनाले अगाडि आरामदायी यात्रा गर्न सक्ने पीकअपमा सुरक्षा फिचर पनि प्रसस्त पाउन सकिन्छ । कम्पनीले यसमा ब्रेक एसिस्ट, इएसपी, रियर पार्किङ सेन्सर, रिभर्स क्यामेरा, ६ वटा एयरब्याग, सबै सिटमा थ्री प्वइन्ट सिट बेल्ट जस्ता फिचर छन् ।
यसको इन्टेरियर पनि पर्फेक्ट एसयूभीको जस्तै छ । मल्टीफङ्शनल स्टेरिङ ह्वील, आर्टिफिसियल लेदर सिट कभर, अगाडिका दुई सिट इलेक्ट्रीकल्ली ६ वे एड्जस्टेवल छन् । कम्पनीले यसमा १०.२५ इन्चको टचस्कृन दिएको छ । गाडीमा ल्यापटप चार्ज गर्न २२० भोल्ट र मोवाइल फोनको लागि १२ भोल्टको सकिट दिएको छ ।
फ्रन्ट ग्रिल, अटोमेटीक इन्डीकेटर सहितको हेलोजिन हेडल्याम्प, एलइडी रियर ल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, हाइ माउन्ट स्टप ल्याम्प, रियर फग ल्याम्प, १७ इन्चको अलोय ह्वील जस्ता फिचर दिएको छ ।