काठमाडौं । बेनेली बाइकको नेपालका लागि अधिकारिक विक्रेता केटिएम इन्टरनेशनल ट्रेडिङ्गले सरल फाईनान्स योजना ल्याएको छ । उक्त योजना अन्तर्गत १८० एस मोडलको मोटरसाइकल खरिद गर्दा ग्राहकले सून्य प्रतिशत ब्याजदरमै फाइनान्स सुबिधा पाउनेछन् ।
उक्त सुविधा लिनका लागि ५० प्रतिशत डाउनपेमेन्ट भने बुझाउनु पर्नेछ । २० मिनेटमा नै फाइनान्स सम्वन्धि निर्णय गरिसक्ने कम्पनीले जनाएको छ ।
सरल फाइनान्स सुबिधा सहित कम्पनीले मोडल अनुसार १५ हजारदेखि १ लाखसम्म नगद छुट दिने छ । कम्पनीसंग हाल १२५ सिसिको स्कुटर देखी ६०० सिसी सम्मका मोटरसाइकल उपलब्ध छ ।