काठमाडौं। टोयोटाले अब आउने कम्प्याक्ट एसयूभी टेसरको टिजर सार्वजनिक गरेको छ । कम्पनीले सोसल मिडियामा टेसरको १५ सेकेन्डको टिजर भिडियो सेयर गरेको छ। टोयोटाले अप्रिल ३ मा टेसर लन्च गर्ने भएको छ र यसको मूल्य पनि सोही दिन घोषणा गर्नेछ ।
कम्पनीले अप्रिलको अन्त्यमा वा मेको सुरुमा टेसरको डेलिभरी गर्नेछ। नयाँ टेसर टोयोटाको सबैभन्दा सानो एसयूभी हुनेछ। टोयोटा अर्बन क्रुजरको डिजाइन मारुती फ्रङक जस्तै एउटै बडी प्यानल र फिचरको हुनेछ। तर नजिकबाट हेर्दा टेसरको डिजाइनमा केही फरक भने हुनेछ । नयाँ टेसरको फ्रन्ट ग्रिलको डिजाइन, अलोय ह्विल, फ्रन्ट र रियरको बम्परमा नयाँ डिजाइन दिइएको छ ।
कम्पनीले यसको इन्टेरियर डिजाइनमा केही परिवर्तन गरेको छ । सो एसयूभीमा ९ इन्चको इन्फोटेनमेन्ट स्क्रिन, ३६० डिग्री क्यामेरा र हेड अप डिस्प्ले जस्ता धेरै फिचर उपलब्ध गराइएको छ तथा फ्रङ्कमा जस्ता कम्फर्ट फिचर पनि दिइएको छ । सो एसयूभीमा इन्ट्री-लेभल १.२ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन सुसज्जित हुनेछ।