काठमाडौं। बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्ष २०८१ को अवसरमा ‘नव आरम्भ’ योजना सार्वजनिक गरेको छ।
बजाजको ‘नव आरम्भ’ योजना अन्तर्गत ग्राहकहरूले बजाजका कुनै पनि बाइक किन्दा आकर्षक छुट पाउनेछन् र भाग्यशाली विजेताहरूले १ लाख रूपैयाँसम्मको नगद उपहार पनि जित्न सक्नेछन्।
त्यसका साथै ग्राहकहरूले ३६ महिनाको इएमआई अफरमा पनि बजाज बाइक खरिद गर्न पाउनेछन् जसमा ग्राहकलाई किस्ताको रकम धेरै कम हुनेछ। त्यसैगरी ३० प्रतिशत डाउन पेमेन्टमा खरिद गर्ने विकल्प पनि ग्राहकहरूसँग उपलब्ध हुनेछ।
बजाज नेपालको सबैभन्दा विश्वसनीय मोटरसाइकल ब्रान्ड हुनुको साथै नेपालमा सबैभन्दा ठूलो सर्भिस नेटवर्क पनि रहेको कम्पनीको दाबी छ। कम्पनीका अनुसार नवीनता, गुणस्तर र सुपथ मूल्यजस्ता कारणहरूले विगत २५ वर्षदेखि बजाजले नेपालको अटोमोटिभ उद्योगमा लिड गर्दै आइरहेको छ।