काठमाडौं। चिनियाँ ब्राण्ड उलिङको इलेक्ट्रिक भ्यान नेपाल आउने भएको छ । ११ सिटर सो भ्यानलाई शशिला मोटर्सले बिक्री गर्न लागेको हो । शशिला मोटर्स र उलिङ मोटर्स होल्डिङ्ग लिमिटेड बीच भ्यान बिक्री गर्ने सम्झौता भइसकेको छ ।
उक्त भ्यानमा ४१.८७ किलोवाट आवरको ब्याट्री प्याक जडान भएको र सिंगल चार्जमा ३०० किलोमिटर रेन्ज दिने दावी गरिएको छ । कम्पनीले यसमा ८ वर्ष अर्थात ४ लाख किलोमिटर वारेन्टि दिने बताएको छ ।
उक्त मिनि भ्यान वातावरण मैत्री तथा प्यासेन्जर ढुवानी व्यवसायका लागि अत्यन्तै उत्कृष्ट हुने कम्पनीले जनाएको छ । साथै इभि भ्यानहरु मध्ये ग्राहकको पहिलो रोजाईमा स्थान बनाउन सफल हुने कम्पनीको विश्वास छ ।
उलिङ मोटर्स होल्डिङ्गसँग गाडी उत्पादनको ४० वर्ष बढी अनुभव छ भने टेक्नोलोजी र मेसिनरी उत्पादनमा १०० वर्ष बढीको अनुभव रहेको छ । यही अप्रिल २०२४ बाट नेपाली बजारमा उक्त भ्यान उपलब्ध हुने कम्पनीका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले जानकारी दिए ।