काठमाडौं। कियाले आफ्नो लोकप्रिय एमपीभी कार्निभललाई हाइब्रिड पावरट्रेनमा सार्बजनिक गरेको छ । नयाँ किया कार्निभलमा हाइब्रिड १.६ लिटर फोर–सिलिन्डर टर्बोचार्ज्ड इन्जिनसँग ७२ बीएचपी इलेक्ट्रिक मोटर जडान भएर आएको छ।
हाइब्रिड पावरट्रेनमा कुल पावर २४२ बीएचपी र टर्क ३६८ एनएम रहेको छ । यसलाई ६–स्पीड अटोमेटिक गियरबक्ससँग दिएको छ । कार्निभल हाइब्रिडको इन्धन दक्षताको तथ्याङ्क भने सार्वजनिक गरिएको छैन।
डिजाइन परिवर्तनको सन्दर्भमा, २०२४ कार्निभल संशोधित हेडलाइटहरू, अपडेट गरिएको ग्रिल, ट्वीक गरिएको बम्पर र नयाँ ह्वील डिजाइनको साथ अउनेछ । जसमध्ये धेरै जसो ईभी-९ मोडलबाट प्रेरित छ ।
सो एमपीभीको इन्टेरियरमा पूर्ण डिजिटल क्लस्टर, १२ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, पछाडि यात्रुहरूको लागि दोहोरो १४.६ इन्चको मनोरन्जन स्क्रिन सहित अन्य प्रशस्तै फिचर पाउन सकिन्छ ।