काठमाडौं। बजाज अटोले पल्सर एनएस १६० र एनएस २०० को २०२४ संस्करण ल्याएको छ । ई–२० इन्जिनद्धारा सञ्चालन हुने यी दुबै बाइकमा धेरै अपग्रेडहरू गरिएका छन् । दुबै बाइकमा पुनः डिजाइन गरिएको हेडल्याम्प यूनिट र नयाँ भी आकारको एलइडी डिआरएलएस सहित एलईडी क्लस्टर छ।
२०२४ संस्करणलाई बजाजले नयाँ डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल पनि रहेको छ । बाइकमा दिइएको एलसीडी युनिटले ब्लुटुथ कनेक्टिभिटीलाई सपोर्ट गर्दछ भने आगमन कल र एसएमएस सूचनाको साथै टर्न–वाई–टर्न नेभिगेसन जस्ता सुविधाहरू प्रदान गर्दछ ।
नयाँ एनएस १६० मा १६०.०३ सिसी क्षमताको सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ । जसले १७.०३ एचपी मा १४.६ एनएम टर्क जनेरेट गर्दछ । यसैगरी एनएस २०० मा जडान गरिएको १९९.५ सिसी लिक्वड कुल्ड सिंगल सिलिन्डर इन्जिनले २४.१३ एचपी मा ४७ एनएम टर्क प्रदान गर्दछ ।