काठमाडौं। बीवाइडी गाडी खरिद गर्ने ११ जना भाग्यशाली बिजेताले यूरो कप हेर्न पाउने भएका छन् । बीवाइडीको नेपालका लागि आधिकारिक विक्रेता साइमेक्स इंक प्रालिले ‘नेपाली अब यूरो कपमा’ भन्ने योजना सार्वजनिक गरेको हो ।
आगामी जुन १४ देखी जुलाई १४ सम्म जर्मनीका १० विश्व प्रसिद्ध स्टेडियममा आयोजना हुने यूरो कपमा बीवाइडी ई–मोबिलिटी पार्टनरका रुपमा रहेको छ । नयाँ स्किमले फुटबल प्रेमी ग्राहकलाई जर्मनीमा गई प्रत्यक्ष यूरोकप–२०२४ का रोमाञ्चक खेलहरु हेर्ने मौका प्राप्त हुने भएको छ ।
बिद्युतिय सवारीसाधनको क्षेत्रमा उत्कृष्टता र नविनतालाई प्रेरित गर्दै आफ्ना ग्राहकलाई अविस्मरणिय अनुभब प्रदान गर्न बीवाइडी प्रतिबद्ध देखिएको छ ।
साइमेक्स इंकले हाल नेपाली बजारमा बीवाइडी एट्टो३, डल्फिन र सील जस्ता विश्वस्तरिय मोडल बिक्री गर्दै आएको छ ।