काठमाडौं। आधिकारिक बिक्रेताका रुपमा नियुक्त भएसंगै सिजी मोटर्सले स्वदेशमै एसेम्वल गरी हिरोका तीनवटा मोटरसाइकल र स्कुटरको बिक्री सुरु गरेको छ । विगत लामो समयदेखी ज्योती ग्रुप अन्तर्गतको नेपाल जनरल मार्केटिङले बिक्री गर्दै आएको हिरोलाई आँफू मातहत ल्याएर सिजी मोटर्सले नयाँ यात्राको सुरुवात गरेको हो ।
कम्पनीले नक्सालमा हिरोको फ्ल्यागसिप शोरुमसमेत बनाइसकेको छ भने देशभर डिलर नेटवर्क समेत विस्तार गरिसकेको छ । कम्पनीले सुरुवातमा सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस, एक्सपल्स २०० फोरभी र नयाँ स्कुटर जुमलाई नवलपरासीस्थित प्लान्टमा एसेम्वल गरी बिक्री सुरु गरेको हो ।
जसमध्ये मोटरसाइकलको मूल्य क्रमशः २ लाख ४० हजार ५००, २ लाख ६ हजार ९०० र ४ लाख ५० हजार ९०० रुपैँया निर्धारण गरिएको छ भने दुई वटा भेरिएन्टमा आएको जुम स्कुटरलाई २ लाख ४९ हजार ९०० र २ लाख ५९ हजार ९०० तोकेको छ ।