काठमाडौं। नेपालका लागि टाटा मोटर्सको अधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले म्याक्सचेन्ज मेला आयोजना गरिरहेको छ । सो मेलामा जुनसुकै ब्रान्डका पुराना गाडीहरुसँग टाटाको नेक्सन म्याक्स साट्न सकिने छ ।
म्याक्सचेन्ज मेलामा टाटा नेक्सन ईभी म्याक्सका लागि निःशुल्क फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एसेसरिज तथा एक्सचेन्ज बोनसका साथै बम्पर उपहारमा आइफोन १५ लगायतका आकर्षक उपहारहरु रहेका छन् ।
सो म्याक्सचेन्ज मेलाको अबसरमा ग्राहकहरुले टाटा मोटर्सको नयाँ उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्ने छन् ।